शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  •  भेन्यू र क्रेटा बाहेकका अन्य मोडलको पनि नेपालमै एसेम्बल थाल्दै हुन्डाई

 भेन्यू र क्रेटा बाहेकका अन्य मोडलको पनि नेपालमै एसेम्बल थाल्दै हुन्डाई

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-नेपालमै हुन्डाई गाडीको एसेम्बल थालेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले अब भेन्यू र क्रेटाबाहेकका अन्य मोडलको पनि एसेम्बल गर्ने भएको छ।नवलपरासीको रामग्राममा स्थापित नेपालको पहिलो हुन्डाई एसेम्बली प्लान्टबाट कम्पनीले ‘मेड इन नेपाल’ गाडी बजारमा ल्याएको थियो। २०८१ वैशाख २८ गते उद्घाटन भएको उक्त प्लान्टबाट सुरूमा भेन्यू मोडलको उत्पादन थालिएको थियो।

हाल कम्पनीले लोकप्रिय मोडल क्रेटाको पनि स्थानीय स्तरमै उत्पादन सुरू गरिसकेको छ। भविष्यमा थप मोडलहरू उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।सन् २००९ देखि हुन्डाईको आधिकारिक वितरक रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी आयातबाट सुरू गरेको आफ्नो यात्रालाई स्थानीय उत्पादनसम्म विस्तार गरेको हो।यो कदमले नेपालको अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक शोरूम, सर्भिस सेन्टर र बिक्रीपछिको सेवालाई सुदृढ बनाएको बताएको छ।आयातकर्ताबाट निर्मातासम्मको यो यात्राले हुन्डाईलाई नेपाली बजारमा थप स्थापित गर्ने कम्पनीको दाबी छ।

प्रकाशित: Aug 13, 2025| 10:48 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्