बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  •  सिजी नेट र आइपीटिभी सेवामा एनआईसी एशिया बैंकका ग्राहकलाई विशेस छुट

 सिजी नेट र आइपीटिभी सेवामा एनआईसी एशिया बैंकका ग्राहकलाई विशेस छुट

 |  मंगलबार, साउन २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

vianetvianet
Metro Mart

काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष दिने भनी सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ।यस समझदारीसँगै बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका छन्।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका हुन् ।ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५०० छुट पाउने छन्।

त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट पाउन सक्छन् । साथै, हाल सेवा लिएका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवाम थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Aug 12, 2025| 13:17 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्