आइतबार, वैशाख २०, २०८३

सामसङ नेपालले सुरू गर्यो 'सामसङ मनसुन क्याम्प'

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

National life

काठमाडौं-मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण बिग्रिएका मोबाइल फोनका चार्जिङ पोर्ट मर्मत गर्न सामसङ नेपालले 'सामसङ मनसुन क्याम्प' अभियान सुरु गरेको छ।यो अभियान अगस्ट २४ गतेसम्म सञ्चालन हुनेछ जसअन्तर्गत सामसङ प्रयोगकर्ताले वारेन्टीको चिन्ता नगरी आधिकारिक सेवा केन्द्रमा गएर बिग्रिएको चार्जिङ पोर्ट निशुल्क फेर्न सक्नेछन्। यद्यपि, चार्जिङ पोर्ट मात्र निःशुल्क हुनेछ। श्रम शुल्क र अन्य पार्ट्सको खर्च भने ग्राहक आफैंले व्यहोर्नुपर्नेछ।

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराईले भने, 'वर्षाका समयमा विशेष गरी चार्जिङ पोर्टमा पानी र चिस्यानका कारण समस्या आउने हुँदा मनसुन क्याम्पमार्फत समयमै मर्मत सेवा प्रदान गर्न चाहन्छौं जसले ग्राहकलाई फोन प्रयोगमा सहजता मिलोस्।' सामसङले सबै प्रयोगकर्तालाई यो सीमित अवधिको सेवाबाट लाभ लिन आग्रह गरेको छ। सेवा केवल सामसङका सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।

प्रकाशित: Aug 12, 2025| 13:01 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्