आइतबार, भदौ १४, २०८३

सुनको मूल्यमा सामान्य गिरावट

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं- गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ। सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ। सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो। 

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो। सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो।

प्रकाशित: Aug 12, 2025| 12:56 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्