शुक्रबार, वैशाख २६, २०८२

प्रधानको अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं- ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा गरेको हो । 

यसअघि नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो । 

दुवै पक्षसँग छलफल गरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघको पुनर्गठन गरेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका समितिका सदस्य कुलबहादुर थापाले जानकारी दिए ।

पुनगर्ठित संघको सह अध्यक्षमा किशोरबहादुर सिंह, उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र बचन देउजा रहेका छन् । 

सदस्यमा जनक भट्टराई, सैलेन्द्र श्रेष्ठ, पुरन गिरी, इन्दिरा दाहाल, सुशिलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठ्ठी, मोहन भट्ट, दीपक प्रजापति, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनिलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन् । 

मनोनितहरुलाई बुधबारै खेलकुद मन्त्री विश्वकर्माले बधाइ दिनुका साथै मनोनयन पत्र हस्तान्तरण गरे । पत्रमा संघलाई समय सापेक्ष विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।