वीरगंज- विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन वीरगंज बस टर्मिनलको निर्माण कार्य पूर्व निर्धारित समयमा सम्पन्न हुने न्युन संभावना देखिएको छ ।
साइट क्लियर नभएको, विद्युत प्रशारण लाइनको तार नहटाइएको र भूकम्प ,मधेश आन्दोलनको बहाना गर्दै एक वर्षको म्याद थप्न लगाए पनि निर्माण कम्पनी रोशन कन्स्ट्रक्सनले माघ मसान्तमै सम्पन्न गर्नुपर्ने निर्माण कार्य अझैसम्म अधुरै रहेको छ ।
पूर्व निर्धारित समयमै निर्माण कार्य सम्पन्न नहुँदा बसपार्कबाट प्राप्त हुने राजश्व आम्दानीवापतको करोड रुपैयाँ भन्दा बढी गुमाएको छ । साथै ऋणको ब्याजको भार समेत ब्यहोर्नु परिरहेको छ।
नगर विकास कोषको सहयोगमा करिब १८ करोड रुपैयाँ ऋण सहयोगमा आधुनिक बस टर्मिनलको निर्माण कार्य भइरहेको छ ।२०७३ बैशाखदेखि निर्माण कार्यको ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०७३ चैत २४ देखि मात्र काम शुरु गरेको थियो।
बसपार्कको ठेक्का आशिष, पप्पु, रोशन जेभीले सकार गरेका छन्। ठेकेदारलाई शुरुमा १५ महिनाको थप समय दिइए पनि एक पटक ७ महिनाको म्याद पनि सकिन लागेको छ।
निर्माण कार्यको प्रगती प्रति असन्तुष्टी जनाउँदै वीरगंज महानगरपालिकाले ठेकेदारलाई पटक पटक कारवाहीको चेतावनी समेत दिइसकेको छ । महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा। भीष्मकुमार भुसालले बसपार्कको स्थलगत अनुगमन गर्दै निर्माण कार्य चाँडै सम्पन्न गर्न निर्देशन दिए ।
निरिक्षणको क्रममा महानगरपालिकाले निर्दिष्ट गरेको समयभित्र निर्माण कार्य सम्पन्न नभए जरिवाना लिइने अन्तिम डा भूसालले चेतावनी दिए ।
निर्माण कार्य प्रगतीको बारेमा जानकारी लिंदै ठेक्केदार रोशन कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शैलेन्द्र चोधरीलाई अन्तिम चरणका चलिरहेको अन्तिम चरणको निर्माण कार्यलार्ई तिब्रता दिंदै निर्माणको गुणस्तरीयतालाई अझ सुधार नगरिए भुक्तानी रोक्ने चितावनी समेत दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४