बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यूयोर्क टाइम्सका प्रकाशकको प्रश्‍नमा के भने ओलीले ? (प्रश्‍नाेत्तरसहित)

न्यूयोर्क टाइम्सका प्रकाशकको प्रश्‍नमा के भने ओलीले ? (प्रश्‍नाेत्तरसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चार दिन सम्म स्विजरल्यान्डको डाभोस सहरमा जारि विश्व आर्थिक मन्चको दोश्रो दिनको सेसनमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । ‘सेपिङ द फ्युचर अफ डेमेक्रेसी’ अर्थात प्रजातन्त्रको भविष्य निर्धारण शीर्षक सेसनमा ओली सहभागी भएका थिए । 

दुइ देशका राष्ट्र प्रमुख सहित पाँच जनाको प्यानलमा बसेका थिए प्रधानमन्त्री ओली । विश्व प्रसिद्ध फाइनान्सियल टाइम्सका पत्रकार मार्टिन मुफ मोडरेटर रहेको प्यानलमा ओलीसँगै सहभागी थिए  आर्मिनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र कोलम्बियाका राष्ट्रपति इभान डुके । 

विश्वको प्रतिष्ठित  साचार प्रकाशन गृह न्यूयोर्क टाइम्सका प्रकाशक एर्थर ग्रेग सल्चबर्जर  र लिडरसिप नाउ प्रोजेक्ट कि  अधिकारी डानिला बानुआरेस पनि सेसनमा थिइन । नेपाली समय अनुसार साँझ ६ बजे आसपास सुरु भएको प्यानल डिस्कसनमा प्रधानमन्त्रीलाइ प्रश्नकर्ताले नेपालमा प्रजातन्त्रको अवस्था, प्रेस माथीको निषेधका बारेमा तीन प्रश्नहरु गरेका थिए । 

६४ मिनेट संचालन भएको प्यानल डिस्कसनको प्रश्नोत्तर सारांश-

प्रश्न- प्रधानमन्त्री ओली तपाँइ नेपालको प्रजातन्त्रको  र सरकारको केन्द्रियताको बारेमा केहि भन्नु हुन्छ कि? विकाससिल  देशका प्रजातान्त्रिक सरकारका चुनौतिहरु के छन , छोटकरिमा बताउनु हुन्थ्यो कि?

उत्तर- धन्यावाद । सबैभन्दा पहिले म यो प्रष्ट पार्न चाहान्छु कि प्रजातन्त्र भनेको एक प्रणली हो र जनताको लागी प्रणाली हुनुपर्छ ।  हामीले प्रजातन्त्रको क्षेत्रमा  धेरै परिवर्तनहरु ल्याएका छौँ । हामीले तानाशाही प्रणाली अन्त्य गरेर प्रजातन्त्र   ल्यायौँ । नेपालमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्र छ । र, अहिलेको सरकार जनताबाट निर्वाचित सरकार हो । र, चुनाव मेरो पार्टीको नेतृत्वमा पनि भएको थिएन । त्यो समयमा म प्रतिपक्षमा थिए । तत्कालिन सत्ताधारी दलले चुनाव गराएको थियो । 

चुनाव र चुनावी परिणाम शान्तीपुर्ण वातावरणमा स्वतन्त्र, भयरहित र निपक्ष भएको थियो ।  अहिलेको समयमा चुनाव स्वतन्त्र र निपक्ष हुनैपर्छ । हामीसँग प्रधानमन्त्रीय प्रणाली छ । कार्यकारी अधिकारी प्रधानमन्त्री र मन्त्रिमन्डलसँग रहेको छ । 

र त्यहाँ शक्तिको केन्द्रियताको कुनै प्रश्नै छैन । मैले प्रजातन्त्रको लागी आधा शताब्दी भन्दा धेरै लढाइ गरेको छु । म आफै प्रजातान्त्रीक प्रणाली स्थापनाको लागी कयौँ बर्ष जेल बिताएको छु । त्यसैले म जनताको शाशक हैन सेवक बन्न चाहान्छु । 

म प्रजातन्त्रलाइ राजनितिक उचाहिबाट परिवर्तन गर्न चाहान्छु । जताको जिवनमा परिवर्तन ल्याउनेगरि काम गर्न चाहान्छु । र, त्यो प्रजातन्त्र विस्त्रित प्रजातन्त्र हुनुपर्छ । 

हामीले २०७२ मा संविधान घोषणा गर्यौ र हामीसँग पुर्ण प्रजातन्त्र रहेको छ । त्यहाँ शक्ति पृथकिकरण, चेक एण्ड ब्यालेन्स, स्वतन्त्र न्यायपालिका छन । हामीसँग दुइ सदनात्मक संसद छ । कानुनि शाशन छ । त्यसैले हामीसँग कुनै बाहानाबाजिको सुविधा छैन । हामीले जनताको अधिकारको लागी परिवर्तन ल्याउनै छ । त्यसैले हामी पुर्ण रुपमा आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन लागि रहेका छौँ । 

हामीले हामीलाइ विधिको शाशन र आर्थिक विकासको निमित्त केन्द्रित गरिरहेका छौँ । हामी हाम्रो उदेस्य समृद्ध नेपाल सुखी नेपाली भेट्टाउन लागिरहेका छौँ । 

प्रश्न- तपाँइको प्रेसँग कस्तो सम्बन्ध छ?

उत्तर- मेरो प्रेससँग सामान्य सम्बन्ध छ । 

मलाइ लाग्छ प्रजातन्त्रमा प्रेससँग सामान्य नै सम्बन्ध हुन्छ । तानाशाहमा मात्रै मिडियलाइ नियन्त्रण गरिन्छ । तानाशमा मिडियाले सत्ताधारीको पुजा मात्रै गर्छन । प्रजातन्त्रमा भने आलोचना  गर्छन ।  त्यो सामान्य चिज हो । 

र, हामीसँग प्रेस स्वतन्त्रता छ । मिडियाहरु स्वतन्त्र  छन । तर,  अर्को पक्षमा मेरो बिचार के छ भने पित पत्रकारीता पनि छ । त्यो राम्रो हैन । प्रेस प्रजातन्त्रलाइ बलियो बनाउन, विकास र जनताको जिवनमा परिवर्तन गर्न महत्वपुर्ण छ । 

जनताहरु जवाफदेशी प्रेस चाहान्छन । नेपालमा मिडियाहरु मलाइ धेरै आलोचना  गर्छन । जनताका आकांक्षाहरु धेरै छन । नेपालमा चाँडो चाडो परिवर्तन भइरहेकाले उनीहरुका चाहानाहरु पनि चाँडै बढेका छन ।

यस्तो परिवर्तित परिप्रेक्षमा जनताका आकांक्षाहरु उच्च छन । प्रेसका  पनि  सरकारसँग त्यस्तै आकांक्षाहरु छन । कहिलेकाहि विकासको प्रक्रियाहरु जादु जस्ता हुँदैनन । यिनिहरुलाइ समय लाग्छ । 
प्रेस प्राजातन्त्रको लागी, विकासको लागी र आर्थिक समृद्धिको लागी अपरिहार्य छ । प्रेसका पनि दुइ पाटा छन । युवा जमातहरु सामाजीक संजालबाट गलत ढंगले सूसुचित भइरहेका छन ।  यि सबै कुराहरुमा हामी धेरै चनाखो हुनुपर्छ ।  सभ्य समाज र विकसित समाजको लागी । 

प्रश्न- तपाँइको केहि नियमहरु स्वतन्त्र प्रेसको विपक्षमा छन भन्ने कुरालाइ तपाँइ छोटकरीमा कसरी जवाफ दिनु हुन्छ?

उत्तरः हुन्छ म छोटकरीमा नै यसलाइ प्रष्ट पार्न चाहान्छु । नेपाल प्रजातान्त्रीक देश हो । र, प्रजातन्त्रमा विश्वाश गर्छ । र , सबै कुराहरु कानुन र संविधानको मातहतमा छन । नेपालमा शक्ति पृथकिकरण छ । हामीसँग राष्ट्र प्रमुखको रुपमा महिला राष्ट्रपति हुनुहुन्छ । 

हामीसँग संसद छ । हामीसँग न्यायालय छ । हामीसँग प्रेस छ । हामीसँग जनता छन । र, जनताहरु सार्वभौम छन । र, त्यहाँ कुनै नियत र कार्यहरु प्रेसलाइ निषेध पार्ने खालका छैनन । नेपालमा प्रेस पुर्ण रुपमा स्वतन्त्र छ । 

उहाँको प्रश्न अनुसार त्यहाँ प्रेस निषेधको कुनै प्रश्नै छैन । फेरिपनि म एउटा कुरा भन्न चाहान्छु । समाचारको नाममा कसैले झुटा समाचार दिन्छ , कसैको परिवारीक जिवन ध्वस्त गर्छ, चरित्र हत्या वा व्यापार चौपट पार्छ भने त्यो राम्रो हैन । 

म यत्ति मात्रै भन्न सक्छु । र, म मेरा जनतालाइ यो कुरामा शिक्षित गर्न चाहान्छु कि  सबै जवाफदेयी हुनुपर्छ । किनभने प्रजातन्त्र भनेको सबैको लागी हो । प्रेसमा आबद्धहरुको लागी मात्रै हैन । प्रेस स्वतन्त्र  छ । तर, यसले अन्य व्याक्तिको जीवन र घाटाहरुका बारेमा पनि सोच्नुपर्छ । 

यो पनि पढ्नुहोस्-   विश्व आर्थिक मन्चमा के भने प्रधानमन्‍त्रीले ? (सवाल जवाफसहित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।