बुधबार, चैत २५, २०८२

मार्सेलो इटालियन क्लब युभेन्ट्स जाने पक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन खेलाडी मार्सेलोले यस सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल मड्रिड छोड्ने भएका छन् । उनी यस सिजनको अन्त्यमा आफ्ना पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँग खेल्न इटालियन क्लब युभेन्टस जाने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएकोछ ।   

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रियलले मार्सेलोको सरुवालाई ध्यानमा राख्दै उनको स्थानका लागि अर्को खेलाडीको खोजीसमेत गर्न थालेको छ । त्यसका लागि रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पोलाई भित्र्याउने तयारी गरेको बताइएको छ । 

रोनाल्डोको योजनाअनुसार युभेन्टसले मार्सेलोलाई भित्र्याउने चाहना गरेको खुलासा भएको छ । रियलमा छँदा रोनाल्डो र मार्सेलो नजिकका साथी थिए । मैदानबाहिर उनीहरूको सम्बन्ध जति सुमधुर थियो, मैदानमा पनि उत्तिकै उत्कष्ट तालमेल थियो । 

रिपोर्टका अनुसार रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले पनि मार्सेलोेको युभेन्टस सरुवाका लागि बाटो खोलिदिन तयार देखिएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।