बिहीबार, साउन १४, २०८३

काठमाडौंमा २२ दिनमा २१२ मा स्वाइन फ्लु भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै तीन हप्तामा मा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । एक जनाको मृत्यु भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पिडिएम ०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । अस्पताल नपुग्नेको संख्या यो भन्दा बढि रहेको हुनसक्ने अनुमान गरिएको छ । 

ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई उपचारका लागि भारत पठाइएको छ । 

सरकार भन्छ- बुंगुरका कारण स्वाइन फ्लु भएको छैन्

सरकारले बुंगरमा एन्फ्लुएन्जा ए (एच वान एन वान) हाल सम्म देखा नपरेको दावी गरेको  छ। पछिल्लो समय स्वाइन फ्लुका विरामी बढ्न थालेपछि पशु सेवा विभागले बंगुरका कारण स्वाइन फ्लु नफैलिएको दावी गरेको हो । 

विभागले एक सुचना जारी गर्दै स्वाइन फ्लुका बारेमा सञ्चारमाध्यममा आए जस्तो बंगुर दोषी नभएको स्पष्ट पारेको  छ। उसले यो रोग सर्नमा बुंगुरको कुनै भूमिका नभएको जनाएको छ ।

‘यो रोगलाई स्वाइन फ्लु भनेर प्रशारण र प्रकाशन गरेको पाइएकोले विश्व स्वास्थ्य संगठन (ड्व्लु एच ओ)ले समेत यसलाई मानिसमा देखा पर्ने सिजनल फ्लु इन्फ्लुएन्जा (एच वान एन वान पिडिएम ०९) भनी नामाकरण गरेकोले यो रोगलाई स्वाइनफ्लु भनी प्रचार नर्गन अनुुरोध छ।’ सूचनामा उल्लेख छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।