बिहीबार, साउन १४, २०८३

म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा बुर्टोन अल्बियनलाई १-० गोल अन्तरले पराजित गर्दै कराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा ९-० को फराकिलो जित नकालेको सिटीले दोस्रो लिगमा १-० को जित सहित समग्रमा १०-० ले विजयी भएको हो । घरेलु टोलीलाई पराजित गर्न सिटीका लागि खेलको एक मात्र निर्णायक गोल सर्जियो अग्युरोले गरेका थिए । 

उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीको जित शुनिश्चित गरेका थिए । त्यस पछि दुबै टोली बाट कुनै पनि गोल हुन सकेन । अब सिटीले फाइनल खेलमा चेल्सी र टोटेनहमबीचको विजेता टोलीसँग खेल्ने छ । दुई टोलीबीचको पहिलो लेगमा टोटेनहम १-० ले अघि छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।