बुधबार, चैत २५, २०८२

पीएसजी विजयी खेलमा नेयमार घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गलाई पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले स्टार्सवर्गलाई २-० ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

तर, उक्त खेलमा स्टार खेलाडी नेयमारभने घाइते भएका छन् । नेयमार खेल दौरान घाइते हुँदै खेलको ६२औं मिनेटमा मैदान बाहिरिएका थिए । उनी मोआटाज जेमजेमीको ट्याकलका कारण घाइते भएका थिए । 

घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि एडिन्सन काभनी र एन्जल डि मारियाले एक एक गोल गरे । पहिलो हाफको चौंथो मिनेटमा नै सुरुवाती अग्रता लिएको पीएसजीले दोस्रो गोल गर्न लामो समय कुर्नु पर्यो । 

घरेलु टोलीले काभनीको गोल मार्फत सुरुवती अग्रता लिएको थियो । ८०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । उनले जुलयिन ड्राक्सलरको पासमा गोल गरेका हुन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।