बिहीबार, साउन १४, २०८३

मेस्सी विनाको बार्सिलोना सेभियासँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बुधबार राति भएको स्पेनिस कोपा डेल रे फुटबलको पहिलो क्वाटरफाईनल लिगमा बार्सिलोना सेभियासँग पराजित भएको छ । नियमीत कप्तान लियोनल मेस्सी विना मैदान उत्रेको बार्सिलोना घरेलु टोलीसँग २-० ले पराजित भएको हो ।

बर्सिलोना पराजित गर्नका लागि सेभियाका पाब्लो साराविया र विसाम विन यडरले एक एक गोल गरे । यस खेलमा बार्सिलोना आफ्ना मुख्य तीन खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिप्पे कौटिन्होविना नै मैदान उत्रिएको थियो । 

खेल अवधिभर बार्सिलोनाले खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभियाले दुई गोल गरेको थियो । 

खेलको ५८औं मिनेटमा पाब्लोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६औं मिनेटमा विसाम विनले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए ।

बेन्चमा रहेका लुइस स्वारेज र फिलिप्पे कौटिन्होलाई दोस्रो हाफमा मैदानमा पठाएपनि टोलीको हार टार्न सकेनन् । जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ । 

दोस्रो लेगमा बार्सिलोनालाई रोक्न सके सेभिया अन्तिम चारमा प्रवेश गर्नेछ । बार्सिलोनालाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ । दोस्रो लेग अर्काे साता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।