बिहीबार, साउन १४, २०८३

नेपाल-युएई सिरिज जित्नेले तीन लाख पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्नेले तीन लाख १४ हजार पाउने भएको छ । 

युएइ क्रिकेट बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा अल नाब्दा इन्स्योरेन्स ब्रोकर्स (एनआइबी)सँग प्रायोजन सम्झौता भएको र विजेता टोलीले १० हजार दिराम (तीन लाख १४ हजार) पाउने जनाएको छ । सम्झौतापछि सिरिजको नाम एएनआइबी च्यालेञ्ज भएको छ । 

एएनआइबी युएइ क्रिकेर्ट बोर्डको आधिकारिक बीमा कम्पनी हो । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-२० सिरिज खेल्नेछ । 

युएइविरुद्धको सिरिज नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक-एकको बराबरीमा सकिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।