शनिबार, कात्तिक २९, २०८२

यस्तो छ आजको राशिफल [२०८२ साउन २० गते]

 |  मंगलबार, साउन २०, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, साउन २०, २०८२

मेष : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

National life

बृष  :  ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन। सामान हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्चसमेत बढ्ने योग छ।

मिथुन :  मनमा उत्साह र उमङ्गको कमी देखिने छ,l शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ। अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन।

कर्कट  :  परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

सिंह :  सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नुपर्नेछ। सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ। गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ। कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ।

Laxmi sunrise bank
kumari

कन्या :  राम्रो रहनेछ। दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ। आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ।

तुला : जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको राम्रो हुन्छ। पराक्रम र उत्साहमा कमी आउने छ। कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ। साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ।

वृश्चिक : समय राम्रो छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। नयाँ काममा हात हाल्ने समय छ।

धनु : समय मध्यम खालको रहनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। रमाइलो यात्राको सम्भावना पनि छ। स्वास्थ्य सबल रहनेछ।

मकर : स्वास्थ्यमा समस्या आउन सक्छ। यात्रामा पनि झण्झट आइलाग्नेछ। अरुले दिएका खानेकुरा नखानुहोला। बोल्दा निकै विचार पुर्याउनुहोला। परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ।

कुम्भ  : मानसिक तनावबाट मुक्त हुन कठिन छ। इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ। पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन। गरेको काम बिग्रने संभावना बलियो छ। जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ।

मीन : समय र स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ।

प्रकाशित: Aug 05, 2025| 05:46 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्