मंगलबार, पुस १५, २०८२

बुटवल-नारायणगढ सडक अवरुद्ध

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

नवलपरासी- बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।  

National life

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १:०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो। एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।  

सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र  चालक बीच बाटोमै अलपत्र परेका छन्। बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ।

प्रकाशित: Aug 04, 2025| 14:17 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्