धादिङ। मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित बिजुलीको पोल ढलेपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो।
प्रहरीले अहिले पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको जानकरी दिएको छ। सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने तथा आउने सवारीसाधन रोकिएका छन्।