बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कुलेखानी जलाशयमा पानीको सतह बढेपछि तीन तहको चेतावनी साइरन बजाइने

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि तीन तहको चेतावनी साइरन बजाइने

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

मकवानपुर। इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलाशयमा वर्षायाममा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर चेतावनी दिने व्यवस्था गरिएको जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई साइरनमार्फत पूर्वसूचना दिइनेछ।

पहिलो चेतावनी स्वरूप करिब एक मिनेट लामो साइरन बजाइनेछ। यस अवस्थामा जलाशयमा पानी भरिन लागेको जनाउँदै खोला किनारमा जुनसुकै उद्देश्यले जान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

दोस्रो चेतावनी स्वरूप करिब दुई मिनेट लामो साइरन बजाइनेछ। यसलाई उच्च सतर्कताको संकेतका रूपमा लिइनेछ। जलाशयको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवतीलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिएको छ। साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

तेस्रो तथा अन्तिम चेतावनी स्वरूप लगातार छोटो–छोटो अन्तरालमा तीन पटक साइरन बजाइनेछ। यस अवस्थामा बाँधको मुख्य ढोका खोलिएको र नदीको सतह उच्च जोखिममा पुग्न सक्ने भएकाले नागरिकलाई तत्काल खोला किनार तथा गहिरो भाग छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न सूचित गरिएको छ।

प्रकाशित: Sep 24, 2026| 18:21 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्