सन्धिखर्क- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा सोकोसहित प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ। ट्याक्टर भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।