बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल गर्न टर्कीका राष्ट्रपति मस्कोमा

सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल गर्न टर्कीका राष्ट्रपति मस्कोमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टर्की- अमेरिकी सेनालाई सिरियाबाट फर्काउने वासिङ्टनको निर्णयपछि सिरिया समस्याबारे रूस र टर्कीबीचको परामर्शका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बुधबार मस्कोतर्फ गएका छन्।

मस्कोमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्ने कार्यक्रम रहेको छ। एक दिने भ्रमणका क्रममा दुई नेताबीच दुईपक्षीय सम्बन्ध र क्षेत्रीय तथा अन्तराष्ट्रिय बिषयमा विचार आदानप्रदान हुने कार्यक्रम रहेको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु एजेन्सीले जनाएको छ। 

रूस जानुपूर्व एर्दोगानले गत सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति पुटिनसँग आफ्नो देशको सुरक्षाका लागि उत्तरी सिरियामा टर्की नियन्त्रित सुरक्षा क्षेत्र स्थापनाका लागि छलफल गर्ने बताउनुभएको थियो। अमेरिकाले आफ्नो सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयसँगै टर्कीले आफ्नो दक्षिणी सीमा क्षेत्रमा सिरियाली द्वन्द्वको प्रभाव पर्ने भन्दै उक्त प्रस्ताव गरिएको हो। 

तर रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले गत हप्ता यस बिषयमा बोल्दै सिरियाको उत्तरी क्षेत्रको नियन्त्रण सिरियासँगै हुनपर्ने धारणा राख्नुभएको थियो। उहाँले सिरियामा सवै पक्षको चासोका बिषयमा मस्को चिन्तित रहेको बताउनुभएको थियो। 

यसैबीच काजकास्तानको अस्तानामा भएको टर्की, रूस र इरानबीचको शिखर सम्मेलनको ‘युद्ध निशेधित क्षेत्र’ निर्माण गर्ने महत्वपूर्ण निर्णयबारे पनि विचारविमर्श हुने बताइएको छ। 

दुई नेताबीच सन् २०१८ मा विभिन्न प्रसङ्गमा सात पटक प्रत्यक्ष भेट भएको छ १८ पटक फोनमार्फत कुराकानी भएका छन्। प्राय ती सबै भेट तथा कुराकानी दुईपक्षीइ सम्वन्धलाई मजबुत पार्ने तथा खासगरी सिरिया लगायतका क्षेत्रको विकासका लागि केन्द्रित भएका बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।