शनिबार, कात्तिक २९, २०८२

यस्तो छ आजको राशिफल [२०८२ साउन १९ गते]

 |  सोमबार, साउन १९, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, साउन १९, २०८२

मेष : दिन राम्रो छ। सोचेर गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। साथीको सहयोगले सोचेको काम बन्नेछ। नाफामा मात्र ध्यान दिने भन्दा सानो भए पनि रकम दान गरेमा सन्तुष्टि मिल्नेछ। 

National life

वृष : सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ। सामाजिक क्षेत्रमा विवाद बढ्नेछ। अन्य कुरामा भन्दा परिवारको काममा केन्द्रित हुनु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ। 

मिथुन : मुल त्रिकोणमा चन्द्रमा भएकाले मन शान्त बन्नेछ। तपाईंका कारणले साथीभाइ टाढा हुनसक्छन्। व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ। विपक्षीसँग बहुमत भएकाले थोरै तर्क गर्नु राम्रो हुनेछ। 

कर्कट : हरेक क्षेत्रमा बाधा हुनसक्छ। राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्नसक्छ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

सिंह : दिन सहज छ। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन्। रोग बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।
 
कन्या : अचानक खर्च बढ्नेछ। सञ्चित धनको खर्च हुनाले मन दुःखी हुनेछ। आफ्ना भन्दै गरेका साथीबाट असहयोग हुने योग छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

Laxmi sunrise bank
kumari

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। साथीभाइको सहयोग प्राप्त हुनेछ। राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ। 

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा कुरा नराख्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट राहत मिल्नेछ। उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ। 

धनु : एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ। साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मकर : मनमा खटपटी बढ्नेछ। धनस्थानमा चन्द्रमा पुगेकाले धन आर्जन हुनेछ। महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ। बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। 

कुम्भ : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ। लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्र्नेछ। परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

मीन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनसक्छ। एकल निर्णय आजका लागि घातक हुनसक्छ। शिक्षामा ढिलासुस्ती हुने देखिन्छ। गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित: Aug 04, 2025| 05:46 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्