काठमाडौं- दैनिक जीवनमा हामीले धेरै विषयमा सुन्दै आएका हुन्छौँ। ती सुनिएका विषय कति साँचो र कति झुठो त्यसको हेक्का भने हामीलाई हुँदैन।
यस्ता केही तथ्यहरू:
१) कपालमा कलर लगाए चाँडै सेतो हुन्छ
प्राय अभिभावकहरूले छोराछोरी कलर धेरे नलगाउन जोड दिन्छन्। कारण: कलरले कपाल चाँडै सेतो हुन्छ र जनविश्वासमा पनि निकै प्रचलित नै रहेको छ। कपालमा मेलनिन् भन्ने तत्व हुन्छ। मेलानिन्ले कपाललाई सेतो हुनबाट जोगाउछ।
मेलानिन्को कमीमा कपाल सेतो–खैरो हुने गर्दछ। बढ्दो उमेर, तनाव वा अस्वस्थ दैनिकीका कारण मेलानिन तत्व घट्दै जान्छ। कपालमा लगाइने कलरले मेलानिन्लाई केही असर नगर्ने कारण कपाल कलर गर्दा सेतो हुन्छ भन्नु गलत हो।
२) साबुनको प्रयोगले किटाणु मर्छेन्
बहुसंख्यक मानिस, साबुनले हात धुँदा किटाणु मार्छ भन्ने जनविश्वास रहेको छ। साबुनका कम्पनीहरूले पनि विज्ञापनमा त्यस्तै नै देखाउँछन्। जुन गलत हो। साबुनले किटाणुहरूले किटाणु होइन, हटाउने काम गर्छ।

निसहरूको हातमा अदृश्य रहेका लाखौँ किटाणु हातबाट उत्पादन हुने तेल चिल्लो पदार्थमा टाँसिएर बस्ने गर्छ। साबुन पानीले हात धुदा केवल किटाणुहरूलाई हटाउने गर्छन्। यसले किटाणुलाई मार्छे भनेको गलत हो।
३) भ्यागुतालाई छुँदा भ्यागुताको शरीरमा आएका जस्तै फोका आउँछन्

भ्यागुतालाई छोयो भने उनीहरूको शरीरमा आए जस्तै आउँछ भनिने गरिएको छ। यर्थाथमा उनीहरूको शरीरमा देखिएका फोकालाई पार्टोइड गन्थ्री भनिन्छ।
उक्त, गन्थ्रीले यदि कुनै जनावरबाट हमाला हुन लागेको अवस्थामा एक प्रकारको रसायन उत्पादन गर्छ जसले अर्को जनावरलाई ‘इरिटेट’ गर्छ। यस कारण, भ्यागुतालाई छुदाँ कुनै प्रकारको नआउने विज्ञ बताउँछन्।
४) ‘स्पेस’ बाट ग्रेट वाल अफ चाइना देख्न सकिन्छ
‘गे्रट वाल अफ चाइना’ संसारमा सातै आश्चर्य मध्येको एक हो। धेरैको तर्क ‘स्पेस’ वा चन्द्रमाबाट ‘गे्रट वाल’ देख्न सकिन्छ भन्ने छ।
तर, यो एक मिथ मात्र हो। पृथ्वीको सबैभन्दा नजिकको सतहबाट पनि देख्न सकिदैन। स्पेसबाट देखिएका जति पनि हालसम्मका गे्रट वालका तस्वीरहरू छन् ती सबै जुम लेन्सबाट कैद गरिएका कारण हुन्।
५) डिफ्याबिलेटरले रोकिएको मुटुको धड्कनलाई सुरू गर्न सक्ने
अक्सर फिल्म र टेलिभिजनमा कुनै व्यक्तिको मुटु रोकेमा डिफ्याबिलेटरको प्रयोग गरेर पुन मुटु चलेको देखाइने गरिन्छ। डिफ्याबिलेटरको प्रयोग यदि मुटुको चाल अनियमित भएमा मात्र गरिन्छ। तर, फिल्म, टिभीमा देखाइने यस्ता प्रयोग भ्रामक हुन्। मृटुको चाल रोकिदा डिफ्याबिलेटरको प्रयोग अझ भयानक हुन सक्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४