बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'जनकपुरको जलेश्‍वर र काठमाडौंको बानेश्‍वर जोड्ने पुल तरुण दल'

'जनकपुरको जलेश्‍वर र काठमाडौंको बानेश्‍वर जोड्ने पुल तरुण दल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल तरुण दलले दुई तिहाइको सरकार जनभावना विपरित कार्य गरिरहेको आरोप लगाएको छ। 

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र धनुषा जिल्लाको संयोजनमा जनकपुरमा आयोजित विरोध कार्यक्रममा बोल्दै तरुण दलका नेताहरुले सरकार मधेस जनभावना विपरित कार्य गरिरहेकोले सचेतसमेत गराएका थिए। 

कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्‍नेतले जनकपुरको जलेश्वर र काठमाडौंको बानेश्वर जोड्ने पुलको काम गर्ने एक मात्र विकल्प नेपाल तरुण दल भएको दाबी गरे। उनले भने, 'दुई तिहाइको कमानिस्ट सरकार देशमा भएको बेला जनताले सास्ती र हैरानी खेप्नु परेको छ। यसमा नेपाल तरुण दलले पुलको काम गरेर जनताका समस्या समाधानमा लागि आवाज उठाइरहेका छौं।'

जनकपुरको पार्टी कार्यलयबाट हजारौं युवाहरुको र्‍यालीसहित नाराको साथ जुलुस भानु चोकमा गएर कोण सभामा परिणत भएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्ता चापागाईंले जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना र रामकृष्ण यादवको पनि उपस्थिति रहेको थियो।  कार्यक्रममा तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं , महासचिव भुपेन्द्र जंग शाही , कोषध्यक्ष बिद्वान गुरुङलगायत प्रदेशका आठै जिल्लाका अध्यक्षसहित हजारौं तरुणको सहभागीता थियो। 

कम्युनिस्ट सरकारको चमत्कार, महँगी, बलात्कार र भ्रष्टाचारका विरुद्ध तरुणले सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने भएको छ। मंगलबार प्रदेश एकको विराटनगरमा विरोध कार्यक्रम गरेको तरुण दलले बुधबार प्रदेश २ को जनकपुरमा विरोध कार्यक्रम गरेको हो।

तस्बिर सौजन्‍य : दिनेश विक्रम शाह

Image may contain: 8 people, crowd and outdoorImage may contain: 14 people, crowd and outdoorImage may contain: 13 people, crowd and outdoorImage may contain: 14 people, people smiling, crowd and outdoorImage may contain: 21 people, people standing, crowd and outdoorImage may contain: 14 people, crowd and outdoorImage may contain: 1 person, crowd and outdoor
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।