काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुँदा काठमाडौं उपत्यकासहित मुलुुकको मध्य र पश्चिम क्षेत्रमा पानी परेको छ।
काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा अहिले पनि वर्षा भइरहेको छ । देशका मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसमविद्हरुले बताएका छन् । शुक्रबारसम्म मौसम सफा नहुने मौसम विभागले जनाएको छ ।
मौसम विभागले जारी गरेको सुचनाअनुसार-
माघ ०९ गते (बुधवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
माघ १० गते (बिहिवार)
दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ |
रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ११ गते (शु्क्रबार)
दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४