काठमाडौं- मंगलबार रातिदेखि लगागतार परेको वर्षासँगै काठमाडौंका चन्द्रागिरीमा हिउँ परेको छ । यो वर्ष मात्रै चन्द्रागिरी डाँडाँमा दोस्रो पटक हिउँ परेको हो ।
हिउँ परेसँगै कतिपयहरु हिउँमा रमाउन चन्द्रागिरी पुगेका छन् । तर, लगातार परिरहेको पानीका कारण हिउँ खेल्न भने असहजता देखिएको छ ।
पछिल्लो समय केबुलकार सञ्चालनमा आएपछि काठमाडौंको चन्दागिरि पनि हिउँ हेर्न, खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ। यस्तै फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका क्षेत्रमा पनि युवा पुस्ताहरु हिउँ हेर्न र खेल्न जाने गर्छन् ।