बिहीबार, साउन १४, २०८३

रोनाल्डोलाई २३ महिना जेल र १८.५ मिलियन युरो जरिवाना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनको एक क्षेत्रीय अदालतले करछली आरोपमा रियल मड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोलाई २३ महिना जेल र १८.५ मिलियन युरो जरिवाना गर्ने फैसला गरेको छ । रोनाल्डोले २०११ देखि २०१४ सम्म करछली गरेको आरोप स्वीकारेपछि अदालतले उक्त फैसला सुनाएको जनाएको हो । 

उजुरीकर्ताले रोनाल्डोले करिब १४.७ मिलियन युरो करछली गरेको दाबी गर्दै आएका थिए । यद्यपि रोनाल्डोले पुनः अपिल गरेपछि यो आँकडा घटाएर करिब ५.७ मिलियन युरो कायम गरिएको थियो ।

तर, पोर्चुगिज स्टार रोनाल्डोले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार पहिलोपटक अहिंस्रक अपराधको दोषीलाई दुई वर्षसम्मको जेल सजाय लागू हुँदैन् । रोनाल्डो करछलीसम्बन्धी मुद्दाकै कारण रियल म्याड्रिडसँग असन्तुष्ट रहँदै आएका थिए ।

जसका कारण उनले यसै सिजन रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्स यात्रा तय गरे । रोनाल्डोलाई कोर्टमा उपस्थित गराउँदा उनका वकिलले मिडियाले प्रयोग गर्न नपाउने मार्ग प्रयोग गर्न दिन आग्रह गरेका थिए । 

तर, जजले उक्त आग्रह अस्वीकार गरे । जसका कारण रोनाल्डो टाइमभन्दा निकैअघि नै कोर्टमा पुगेको जनाइएको छ । उनी पत्रकार र प्रशंसक पुग्नुअघि नै मड्रिड कोर्ट पुगेका थिए । उनी स्पेनिस फुटबल टिमका सदस्य जाबी अलोंसाका साथमा मड्रिड कोर्ट पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।