बुधबार, चैत २५, २०८२

सेभियाविरुद्धको खेल मेस्सीले नखेल्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
ऐजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बुधबार राति हुने सेभियाविरुद्धको क्वाटरफाईनल खेल नखेल्ने भएका छन् । बार्सिलोनाले आज राति कोपा डेल रे अन्तरगत सेभियाविरुद्ध क्वाटरफाईनल खेल खेल्दैछ । 

सेभियाको घरेलु मैदानमा हुने खेल नेपाली समय अुनुशार राति २:१५ बजेबाट शुरु हुनेछ । क्लबका कप्तान मेस्सी प्लेइङ ११ मा नपर्दा भर्खरै मात्र बार्सिलोनामा अनुबन्धन भएका केभिन प्रिन्स बोयटेंग भने परेका छन् । 

उसोत मेस्सी आईतबार भएको ला लिगा अन्तरगत लिगानेसविरुद्धको खेलमा पनि प्लेइङ ११ मा परेका थिएनन् । उक्त खेलमा मेस्सी ६४ औँ मिनेटमा मैदान मित्र प्रवेश गरेका थिए ।

मेस्सीले लुई स्वारेजको गोलमा सहयोग गर्दै उनले पनि उक्त खेलमा १ गोल गरेका थिए । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भेडेले भने लगातारको खेलले गर्दा मेस्सीलाई केहि साता आराम दिएको बताए ।  

‘मेस्सीलाई केहि समय आरामको आवश्यक्ता छ, उनले च्याम्पियन्स लिगको लागि पनि तयार गर्नु पर्ने भएकोले मेस्सीलाई आराम दिएको हो ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।