बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व आर्थिक मन्चमा के भने प्रधानमन्‍त्रीले ? (सवाल जवाफसहित)

विश्व आर्थिक मन्चमा के भने प्रधानमन्‍त्रीले ? (सवाल जवाफसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मंगलबारदेखि सुरु भएको चार दिने विश्व आर्थिक मन्चको यो बर्षको सम्मेलनमा स्विटजरल्यान्डको डाभोस  छन प्रधानमन्त्री केपीशर्मा ओली ।

ओलीले मंगलबार आफ्नो पहिलो सेसनमा भाग लिए । भारतिय केन्द्रिय बैंकका  पुर्व गभर्नर तथा चर्चित भारतिय अर्थशास्त्री रघु राजन, अफगानिस्तानका प्रमुख कार्यकारी अबदुल्ला अबदुल्ला र नर्बेको टेलिनर गु्रप नामक बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिख ब्रेकसँग सेसनमा थिए प्रधानमन्त्री । नेपाली समय अनुसार सात बजे आसपास  सुरु भएको सेसन ५६ मिनेट चलेको थियो । 

दक्षिण एसियाको भूगोल नजिक भएपनि क्षेत्रका देशहरुको व्यापार जम्मा ५ प्रतिसत मात्रै भएको मोडरेटरले बताएकि थिइन । दक्षिण एसियाली देशहरुको आफुहरुमा भन्दा बाहिरि देशहरुसँग धेरै व्यापार गरेको विश्व बैंको तथ्यांका सहित प्रश्नोत्तर सेसन सुरु भएको थियो । सेसनलाइ विश्व आर्थिक मन्चको बेवसाइट र युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । 

दक्षिण एसियाली व्यापार, सहकार्य, सुरक्षा, सार्क र रोगगारी आदिका सवालमा सेसन संचालन भएको थियो । सेसनमा प्रधानमन्त्रीले नेपाली संविधान र आर्थिक विकासको लामो लेक्चर दिएका थिए । अन्य बक्ता भन्दा लामो बोलेका प्रधानमन्त्री र मोडरेटरको सवाल जवाफको सारांशः



प्रश्नः तपाँइले नेपालको विकासलाइ कसरी हेर्नु भएको छ? तपाँइले केहि संरचनात सुधारहरु ल्याँउदै हुनुहुन्छ, त्यो कसरी विकास भइरहेको छ? यसका चुनौतिहरु  के छन? क्षेत्रिय सहकार्यको लागी नेपालमा  के हुँदैछ ? दक्षिण एसियाली क्षेत्रिय संगठनको अध्यक्ष भएकाले  सार्क र साफ्टाको विकासमा बाधा पुग्नेगरि देशरुको विचका द्धन्द्ध र सुरक्षाका समस्या कसरी समाधान गर्दै हुनुहुन्छ? 

ओलीः प्रश्नको लागी धन्यवाद । नेपाल  नयाँ चरणमा पुगेको छ । नेपालमा राजितिक र आर्थिकरुमा  विकास र परिवर्तनहरु धेरै चाँडो भइरहेका छन । नेपालको विकास छिमेकिहरु र क्षेत्रिय संस्थाहरुको मित्रवत सहकार्यमा भइरहेको छ । नेपालले संविधान जारि गरेर संघिय लोकतान्त्रीक गणन्तत्र संस्थागत गरेको छ । संबिधान अनुसार हामीहरु कानुन बनाउदैछौँ । र, हामीले अहिले आम्रो सम्पुर्ण जोडबल नै सुसासन र  आर्थिक विकासमा लाएका छौँ । 

हाम्रो लक्ष्य समृद्ध नेपाल सुखी नेपाली हो । यसको कार्यान्वयनको लागी हामी हाम्रो ध्यान केन्द्रित गरिरहेका छौँ । हामीले नयाँ नयाँ निति ल्याएन सबै क्षेत्रमा सुधारहरु ल्याउन खोजिरहेका छौँ । हामी समाजका सबै क्षेत्रमा सामाजीक न्यायको लागी कार्यक्रम ल्याइरहेका छौँ । न्यास र समानता, महिलाको सक्तिकरण र पछाडि परेको समाजलाइ अगाडि ल्याउदै हामी नयाँ युगमा प्रवेश गरेका छौँ । यस प्ररिप्रेक्षमा हामी हाम्रो भूमिका क्षेत्रिय र अन्तराष्ट्रिय सवालहरुमा बढाउदै छौँ । क्षेत्रिय सहकार्य र विकासको सवालमा कुरा गर्दा, दक्षिण एसिया शिक्षती मान्छेहरु बसेको र महान सभ्यता भएको क्षेत्र हो । 

भौगिलिक रुपमा पनि हाम्रो महान विभिधता छ, सर्वोच्च शिखर सगरमाथा देखी बंगालको खाडि अनि हिन्द महासागर यहि क्षेत्रमा छ । यस्तो विभिधता भएको क्षेत्रमा हाम्रा युवा जनसंख्या र उर्वर भुमि छ । हाम्रो भौगोलिक फाइदा उठाएर हामी विकास गर्न सक्छौँ ।  

हामीले हाम्रो क्षेत्रिय विकास, व्यापारका सोच्नुपर्छ । यस्तो अवस्था सृजना गर्नु पर्छकि सबैलाइ समानता, न्याय जितजितको अवस्था होस । त्यसकारण हामीले विकास गर्नुपर्छ ताकि कुनै देश, कुनै व्याक्ति पछाडि नपरोस । हामी लगानीको लागी देशहरुलाइ आह्वान गरिरहेका छौँ । हामी दक्षिण एसियाका अतिरिक्त आसियानका नागरिकलाइ पनि यसको लागी आग्रह गरिरहेका छौँ । 
चार महिना पहिले मात्रै हामिले बिमस्टेकको बैठक काठमाण्डौमा बोलायौँ  र हामीले बिमस्टेको नेतृत्व श्रीलंकालाइ हस्तान्तरण गर्यौ । हामी सार्क देशहरुसँग मात्रै हैन थाइल्यान्ड र म्यानमारसँग पनि जोडिएका छौँ । 

यसको लागी हामीले स्थलमार्ग, हवाइ मार्ग र जलमार्गको लागी खुला हुँदैछौँ । यसरी हामीले क्षेत्रिय सहकार्य र व्यापारको विकास गर्न सक्छौँ । 

सार्कको अध्यक्ष भएको हैसियतले हामी सार्क राष्ट्रहरुका बिचमा सहमतिको विकास गर्न खोजिरहेका छौँ । हामी हाम्रो कनेक्टिभिटिको लागी जोड दिइरहेका छौँ । हामीले समझदारीको विकास र असमझादरीको अन्त्य गर्नुपर्छ । र, हामीले हाम्रो क्षेत्रिय व्यापारलाइ बढाउनु पर्छ । हाम्रो नेपाल जस्तो मुलुकले विकासको लागी लामो समय कुर्न सक्दैनौँ । हामी चाँडो विकास गर्न चाहान्छौँ । यसको लागी हरेक क्षेत्रमा, हरेक कुरामा हामी चाँडो काम गरिरहेका छौँ । भारत, चिन, बंगलादेश र अन्य देशहरुसँग सम्झौता गरेर कार्यान्वयनको लागी हामि दु्रतगतिमा लागिरहेका छौँ । आन्तरिक रुपमा हामी राम्रा नीति बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कामहरु गरिरहेका छौँ । यसरी सार्कको अध्यक्षको हैसियतमा हामी चाँडै सार्क शिखर सम्मेलन गर्न, सबै देशहरुको समधुर सम्बन्धको लागी तत्पर छौँ । 

प्रश्नः दक्षिण एसियामा सस्तो श्रम पाइन्छ । चौथौ औद्योगिक क्रान्त्रीको यो बेलामा मेसिनले मान्छेलाइ विस्तापित गर्ने बारेमा के भन्नुहुन्छ?

उत्तरः पहिले नेपाल अस्थीर थियो । अहिले नीति अस्थिर छैन । हामीले  सार्वजनिक, निजी र सहकारीको माध्यमबाट बढि भन्दा बढि युवाहरुलाइ रोजगार सिर्जना गरिरहेका छौँ । बच्चाहरुलाइ औपचारिक शिक्षा, युवाहरुलाइ प्राविधिक तथा व्यवशायिक शिक्षा प्रदान गरिरहेका छौँ । किनभने हाम्रो देशमा काम गर्ने उमेर समुहको जनसंख्या ६० प्रतिसत  भन्दा बढि छ । 

नेपालको ठुलो संख्यामा युवाहरु देश  बाहिर छन   र रोजगार सिर्जना गर्न अनिवार्य छ । हामी उनीहरुलाइ नेपालमै ल्याउन चाहान्छौँ ।  हामी लगानी  बाहिरबाट भित्राउन चाहान्छौँ । सेवा क्षेत्रमा, उत्पादन क्षेत्रमा र उत्पादनशिता ल्याउने अन्य क्षेत्रमा हामी लगानी भित्राउन चाहान्छौँ । 

हाम्रो आर्थिक बृद्धिदर पनि राम्रो छ । म यहाँबाट प्रक्षेपण गर्न चाहान्छु कि केहि समयमा नेपाल सबैभन्दा तिव्र आर्थिक बृद्धि गर्ने देश हुनेछ । किनभने हामीसँग युवा जनसक्ति छ, श्रोतसाधानहरु छन, भारत र चिन जस्ता विकसित छिमेकिहरुसँग भएका केहि सम्झौताहरु छन । भारतबाट जलमार्गका कुराहरु पनि छन । 

हामी काठमाण्डौबाट भारत अनि चिन सम्मका रेलवेहरु बनाउने चरणमा छौँ । सूचना प्रविधिको क्षेत्रमा, अन्य क्षेत्रमा र हरेक जसो क्षेत्रमा हामी रोजगार सिर्जना गर्न खोजिरहेका छौँ ।   तालिन दिन खोजिरहेका छौँ । 

विकासका कुराहरु गरिरहँदा हामी वातावरणका सवालमा पनि उत्तिकै सचेत छौँ । हामी वातावरणको लागी योगदान गरिरहेका छौँ किनभने हामीसाग १५ प्रतिसत हिँउले ढाकेका  हिमाली क्षेत्र छन ४५ प्रतिसत जंगल छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।