बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा दोहोरो भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु

सप्तरीमा दोहोरो भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सप्तरीमा दोहरो भीडन्तमा एकजना मारिएका छन् । सप्तरीको रुपनी नजिक गस्तीमा रहेको प्रहरी टोलीसँगको भिडन्तमा सप्तरी जिल्ला घर भएका दिपेन्द्र जयसवाल भनिने दिपेन्द्र चौधरीको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र सप्तरी प्रहरीको संयुक्त टोलीसँगको मुठभेडमा जयसवालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बुधबार बिहान प्रहरीको गस्ती टोलीमाथि फायरिङ गरेपछि जबाफी कारबाहीमा जयसबालको मृत्यु भएको जनाएका छन् ।

दुईजनाको समूहमा मोटरसाइल चढेर आएका उनीहरु मध्ये पछाडी बसेका जयसवालले प्रहरीलाई लक्षित गरी गोली फायर गरेपछि प्रहरीले जबाफी फायरिङ गरेको पालले बताए । दुई गोली लागेका जयसवालको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै रहेका अर्का व्यक्ति फरार भएको उनले जानकारी दिए ।

एक साताअघि सप्तरीमा प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहारको घटनामासमेत जयसवालको संलग्ना रहेको डीआईजी पालले बताएका छन् ।

यसैगरी २०७२ सालमा असई रमेश सुब्बाको हत्यामासमेत उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । एम्बुस थपेर जयसवालले उक्त घटना घटाएको प्रहरीको दाबी छ ।

प्रगतिशील तराई मुक्ति मोर्चा नाम गरेको भूमिगत समूह सञ्चालन गरेर जयसवाल हत्या हिंसा, चन्दा असुलीजस्ता आपराधिक घटनाहरुमा समेत संलग्न रहेको डीआईजी पालले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।