एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ महिला टी-२० क्रिकेट वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । यसअघि आईसीसी वरियताको १८ औं स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।
केहि दिन अघि थाईल्यान्डमा सम्पन्न महिला टी-२० स्मास प्रतियोगितामा सानदार प्रर्दशन गरेपछि नेपालले सुधार गरेको हो । उक्त प्रतियोगितामा थाइल्यान्डसँग ७० रनले पराजित हुँदै नेपाल उप विजेता बनेको थियो ।
यसअघि नेपाल १ सय १७ रेटिङसहित १८ औं स्थानमा थियो । हाल १३ खेलमा १ सय २३ रेटिङ सहित नेपाल १६ औं स्थानमा छ । नयाँ वरियता अनुसार अस्टेलिया शीर्षस्थानमा हुँदा इंग्ल्यान्ड दोस्रो, न्युजिलयान्ड तेस्रो, वेस्ट इन्डिज चौथो र भारत पाँचौ स्थानमा रहेका छन् । वरियतामा थाइल्याण्ड १२ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४