बिहीबार, साउन १४, २०८३

आज दिनभर वर्षा नरोकिने, ठाउँ ठाउँमा बाक्लो हिमपात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अकास्मात मौसम बद्लिएसँगै मंगलबार रातिबाट सुरु भएको वर्षा बुधबार दिनभरी नरोकिने भएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले देशैभरी वर्षा भएको महाशाखाले जनाएको छ। देशका मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसमविद्हरुले बताएका छन् ।

सुदुरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको  छ। काठमाडौंसहित देशका मध्य र पश्चिम भेगमा परिरहेको वर्षा बुधबार साँझदेखि रोकिनेछ भने बिहिबार विहानदेखि पुर्वी भेगमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ। काठमाडौं उपत्यकामा यसवर्षको हिउँद सुरु भइपछि पहिलो पटक यति ठूलो पानी परेको हो । पानी परेसँगै चिसो पनि बढेको छ । 

सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा बाक्लो हिमपात भएको छ । मंगलबारबाट भएको हिमपतको क्रम अझै केहि स्थानमा रोकिएको छैन । पानी रहेपछि फेरि धेरै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसमविद्हरुको अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।