बिहीबार, साउन १४, २०८३

आजका अखबार : संसदमा सरकारले मुडे बल देखाएपछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच भएको घम्साघम्सीलाई मुख्य समाचार बनाएका छन् । 

सरकारले प्रतिपक्षलाई पेलेर चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि संसदमा करिव भिडन्तको अवस्था बनेको थियो । सहमति विपरीत विधेयक जवरजस्ती पेस गर्न खोजेको भन्दै कांग्रेसले रोष्टम घेराउ गर्यो । तर, सत्तापक्षका सांसदहरुले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बोकेरै रोष्टममा पुर्याउन खोजेपछि तनावको अवस्था बनेको हो । 

प्रतिपक्षको विरोधलाई बेवास्ता गर्दै संसदमा सरकारले मुठभेडको अवस्था निम्त्याएको आरोप कांग्रेसले लगाएको छ। मंगलबार दुईपटक बैठक बसेपनि सत्तापक्ष र प्रतिपक्षबीचको घम्साघम्सीका कारण बैठक चल्न सकेन । तेस्रो पटक १५ मिनेटलाई स्थगित गरिएको बैठक पुनः बस्न सक्ने अवस्था नबने पछि शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । आज पुनः भिडन्त हुने संकेत देखिएको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले संसद्मा घम्साघम्सी शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले पनि यहि शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले भने सत्तापक्षको हतारो, प्रतिपक्षीको तगारो शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले चिकित्सा विधेयक पारित गर्ने प्रयत्न विफल शीर्षकमा खबर छापेको छ । 

यो विषय बाहेक आजको कान्तिपुर दैनिकले व्यवसायी अजयराज सुमार्गीको सम्पत्ति फर्काउन राष्ट्र बैंकले आलटाल गरेको विषयलाई पनि विशेष महत्वका साथ छापेको  छ। निकासा दिन हतारो गरेको राष्ट्र बैंकले रोक्का गर्न भने उदासिनता देखाएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट्ले भने कचल्टियो मेसिया रोजगारी शीर्षकमा खबर छापेको छ। मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको समाचारमा उल्लेख छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ ।

श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा रोजगारी सुचारुमा ढिलाइ भइरहेको छ ।

नागरिकले भने मोटरसाइकलमार्फत यात्रु बोक्ने व्यवसाय गरिरहेको टुटट कम्पनीले विनादर्ता भ्याट असुली रहेको खुलासा गरेको छ।

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। तर टुटटले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।