काठमाडौंको गोंगबुस्थित एक होटलमा गोली चलेको छ। तत्कालिन माओवादीका पूर्व लडाकु र अहिले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अभिलाष लामा प्रहरीको गोली लागेर घाइते भएका छन्। प्रहरीको खोजी सूचीमा रहेका अभिलाष गोगंबु बसपार्कको होटल लकमा बसीरहेको सूचनाका आधारमा प्रहरी टोली उनलाई पक्राउ गर्न त्यहा पुगेको थियो।
मातृ पार्टी नेपाली कांग्रेसमा रहँदै आएको गुट-उपगुटको असर प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखापरेको छ। विद्यार्थी नेताहरू गुट-उपगुटमा लागेर पार्टी नेताहरूको घरदैलो धाउन थालेपछि मुलुकको विद्यार्थी आन्दोलनमा ऐतिहासिक योगदान दिँदै आएको नेविसंघको अस्तित्व यति बेला धरापमा परेको छ।
सहमति विपरीत चिकित्सा शिक्षा विधेयक जवरजस्ती पेस गर्न खोजेपछि मंगलबार पनि संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले घेराउ गरेको छ। दुईपटक बैठक बसेपछि प्रतिपक्षको अवरोधका कारण बैठक चल्न सकेन। अवरोध तथा घेराउको क्रममा संसदमा झन्डै मुठभेडको अवस्था देखियो।
सुदूरपश्चिम प्रदेशसभाले प्रदेशको राजधानी जैविक मार्गमा पर्ने गोदावरीको तेघरी क्षेत्रमा तोकेपछि सर्वत्र विरोध भइरहेका बेला विज्ञहरुको एक समूहले पनि स्थलगत अध्ययनपछि पर्यावरण नासिने चिन्ता व्यक्त गरेको छ।
सुदूरपश्चिमका प्राय सबै पहाडी जिल्लाहरुमा सोमबार रातिदेखी हिमपात सुरु भएको छ। पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ। पहाडी जिल्ला डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।
नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नसच्चिए कुर्सीबाट तानेरै भएपनि सडकमा ल्याउने चेतावनी दिएको छ। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को विराटनगरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारको रवैया यही रहने हो भने सरकारलाई कुर्सीबाट तानेर सडकमा ल्याउने चेतावनी दिएका हुन्।
नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको पक्ष र निर्मला बलात्कारको विपक्षमा बुधबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरका अनुसार बुधबार दिउँसो १ बजे काठमाडौंको माइतिघरमा नेविसंघले बृहत प्रदर्शन गर्ने भएको छ।
सशस्त्र द्वन्द्वका पीडितहरूले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने प्रयोजनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग अकर्मण्य बन्दा आफूहरूका मुद्दा सम्बोधन हुन नसकेको आरोप लगाएका छन्।
सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ। दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन्।
कृषिप्रधान मुलुक नेपालमा कपास मात्रै वार्षिक चार अर्ब रुपैयाँभन्दा बढीको आयात भइरहेको छ। मुलुकमा कपास विकास नारामा मात्रै सीमित रहँदा आयात प्रत्येक वर्ष बढेको छ भने उत्पादन र निर्यात गिर्दो क्रममा छ।
डिभिजन वन कार्यालय, रसुवाले चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ। वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख विरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा समेत टावरको जग खन्न शुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
ढोरपाटन महिला डबल लिग भलिबलमा तीनवटै विभागिय टोली विजयी भएका छन्। मंगलबार आयोजक ढोरपाटन भलिबल क्लबको मैदानम भएको खेलमा एपिएफ, नेपाल पुलीस क्लब र आर्मी विजयी भएका हुन्।
संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसिय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार युएई प्रस्थान गरेको छ। नेपालले युएईसँग तीन एकदिवसिय अन्तर्राष्ट्रिय र तीन टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ।
सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याकं सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...