सोमबार, चैत २, २०८२

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लण्डन - सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याकं सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ। 

उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ। यो सन् २०१८ को जुनदेखि अगस्टसम्मको तथ्याङ्कभन्दा एक लाख ४१ हजार बढी र सन् २०१७ पहिलेभन्दा तीन लाख २८ हजारले बढी हो। 

सन् २०१८ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा बेरोजगार जनसङ्ख्या १३ लाख ७० हजार रहेको देखिएको छ। यो तथ्याकंमा जुनदेखि अगस्टको तथ्याकंभन्दा सामान्य परिवर्तन (बढी) हो भने अघिल्लो बर्ष सोही समयको तुलनामा ६८ हजारले कमी हो। 

बेलायतको बहिर्गमन प्रक्रियाबारे देखिएको अन्यौलले वेरोजगार दर ४.० रहने अनुमान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।