काठमाडौं- काठमाडौंको गोंगबुस्थित एक होटलमा गोली चलेको छ। तत्कालिन माओवादीका पूर्व लडाकु र अहिले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अभिलाष लामा प्रहरीको गोली लागेर घाइते भएका छन्।
प्रहरीको खोजी सूचीमा रहेका अभिलाष गोगंबु बसपार्कको होटल लकमा बसीरहेको सूचनाका आधारमा प्रहरी टोली उनलाई पक्राउ गर्न त्यहा पुगेको थियो। लामाले प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।
प्रहरीको गोली लागेर लामा घाइते भएपछि उनलाई अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महारगन्जमा उपचार भइरहेको छ। उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको जानकारी महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४