बिहीबार, साउन १४, २०८३

संसदमा झन्डै भिडन्त ( भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहमति विपरीत चिकित्सा शिक्षा विधेयक जवरजस्ती पेस गर्न खोजेपछि मंगलबार  पनि संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले घेराउ गरेको छ। दुईपटक बैठक बसेपछि प्रतिपक्षको अवरोधका कारण बैठक चल्न सकेन। अवरोध तथा घेराउको क्रममा संसदमा झन्डै मुठभेडको अवस्था देखियो।

दुवै बैठक तनावपूर्ण रहे। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच धकेलाधकेल पनि भयो। मेडिकल माफिया पोस्‍ने विधेयक नसच्चाएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ। प्रतिपक्षको विरोधलाई बेवास्ता गर्दै संसदमा सरकारले मुठभेडको अवस्था निम्त्याएको आरोप कांग्रेसले लगाएको छ।

मंगलबार अपरान्ह तीन बजे सुरु भएको बैठक प्रतिपक्षको घेराउ र अवरोधका कारण १५ मिनेटका लागि स्थगित भयो।  फेरि बसेको बैठक दोस्रो पटक पनि स्थगित भयो। सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति दिएलगत्तै रोस्ट्रमतर्फ लागेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई रोक्ने क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधेकेल भएको थियो। 

दुवै बैठकमा सभामुखले बैठक सुरु भयो भन्‍न नपाउँदै  प्रतिपक्षी  सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए। सोमबार यही विधेयकको विरोध गर्दै प्रतिपक्षले संसद चल्न दिएको थिएन।
 
भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।