बिहीबार, साउन १४, २०८३

एकदिवसिय र टी-२० सिरिज खेल्न राष्ट्रिय टोली युएई प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसिय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार युएई प्रस्थान गरेको छ । 

नेपालले युएईसँग तीन एकदिवसिय अन्तर्राष्ट्रिय र तीन टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । माघ ११ गते आफ्नो पहिलो खेल खेल्दै नेपालले सिरिजको सुरुवात गर्ने छ । 

त्यस्तै दोस्रो खेल माघ १२ र तेस्रो एकदिवसिय माघ १४ गते खेल्ने छ । त्यसैगरी माघ १७ गते टी-२० सिरिजको पहिलो खेल खेल्ने नेपालले माघ १८ दोस्रो र माघ २० गते तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल्ने छ । 

युएई टुरका लागि आइतबार नै पारस खड्काको कप्तानीमा १६ सदस्यि टोलीको घोषणा भएको थियो । कप्तान खड्काले युएईमा हुने एकदिवसीय क्रिकेट सिरिज जित्न कोशिश गर्ने बताएका छन् । 

‘खेलाडीमा जोश जाँगर देखिएको छ । पहिलो पटक वान डे सिरिज जित्न कोशिश गर्नेछौ ।’ उनले भने, ‘हामी अब स्तरको क्रिकेट खेल्दैछौ । सिरिज हाम्रा लागि चुनौती समेत हो । हाम्रा सबै खेल रेकर्ड भएर बस्नेछ । सबै रकर्डको अर्थ हुनेछ ।’
त्यस्तै, प्रशिक्षक जगत टमाटाले भने, ‘जुन विश्वासले हामीले नयाँ अनुहार ल्याएका छौ । नेपाली क्रिकेटलाई अगाडी लैजान्छन् भन्ने विस्वास लिएको छु ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।