शनिबार, कात्तिक २९, २०८२

यस्तो छ आजको राशिफल [२०८२ साउन ९ गते]

 |  शुक्रबार, साउन ९, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, साउन ९, २०८२

मेष : नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ। व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ। नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ।

National life

वृष : ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ। अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ।

मिथुन : बौद्धिक व्याक्तीत्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ। पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ

कर्कट : राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ। सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ।

सिंह : आफ्नै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ। लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ। दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ।

Laxmi sunrise bank
kumari

कन्या : समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ। बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ। परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ।

तुला : नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन्। समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ।

वृश्चिक : खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ। खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन्। लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ।

धनु : नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ। विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ। शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ।

मकर : आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ। काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ। न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ। साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ।  

कुम्भ : समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ। लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ।

मीन : भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ। आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ। व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला।

प्रकाशित: Jul 25, 2025| 05:46 शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्