बिहीबार, साउन १४, २०८३

डडेल्धुरामा चट्याङ लागेर दुई को मृत्यु, चार घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। 

फरक-फरक स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा र गन्यापधुरा गाउँपालिका-५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा रहेका छन्। 

देउवाको उपचारका क्रममा डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

आलिताल गाउँपालिका वडा नम्वर ५ मा चट्याङ लागेर चार जना घाइते भएका छन्। स्थानीय हरिना भण्डारी, गोमती भण्डारी, मानबहादुर विष्ट, र मनिसा भण्डारी घाईते भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।