सुर्खेत- सुर्खेतमा बस र जीप ठोकिदा २० जना घाइते भएका छन्। गुर्भाकोट नगरपालिकाको बोटेचौरस्थित एक आपसमा बस र जीप ठोकिदा २० जना घाइते भएको इकाला प्रहरी कार्यालय मेहलकुनाले जनाएको छ।
जाजरकोटबाट सुर्खेतको छिञ्चुतर्फ आउँदै गरेको लु ३९२८ नम्बर जीप र छिञ्चुदेखि रुकुमको रानीतर्फ जाँदै गरेको ना ५ ख ४५२९ नम्बरको बस ठोकिएको हो। प्रहरीका अनुसार जीप र बसमा सवार ८ जना र बसमा १२ जना यात्रु हुन। घाइते मध्ये सात जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालयका मेहेलकुनाका इन्चार्ज सर्वजीत बलेली मगरले बताए।
उनका अनुसार गभ्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ। चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। बसका सह चालक पनि घाइते भएका छन्। घटनामा घाइतेको विस्तृत जानकारी भने आउन बाँकी रहेको छ।
तस्विरः दुर्घटनाग्रस्त बस र जीप।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४