काठमाडौं- कांग्रेसको अवरोधका कारण मंगलबारको संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्रेसले प्राध्यापक डा गोविन्द केसीसँग गरेका सहमतिविपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न लागेको, कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाका नाममा स्थापना गरिएका अस्पताल संघबाट हटाउने निर्णय गरेको भन्दै संसद अवरोध गरेपछि मंगलबार पनि बैठक चल्न सकेन।
मंगलबारको बैठकका विशेष समय लिएर बोल्दै सांसद प्रकाशमान सिहंले सरकारले सो निर्णय फिर्ता नलिए सम्म संसद चल्न नदिने बताए। त्यसपछि कांग्रेस संसादहरुले रोस्टम घेराउ गरेका हुन्। त्यसपछि सभाभुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थागित भएको घोषणा गरेका थिए।
संसदको सोमबार र मंगलबारको गतिविधि हेर्दा सत्ता पक्ष र प्रतिपक्षबिच मुठभेडको खतरा बढ्दै गएको छ। दुबै पक्ष आ-आफ्ना अडानबाट पछि नहटेपछि यस्तो अवस्था आएको हो।
तर, सरकार भने गोविन्द केसीका जायज माग पुरा भैसकेको र अस्पतालहरु व्यवस्थित गर्न लागेकाले प्रतिपक्षले संसदमा अवरोध गर्नुको औचित्य नभएको दाबी गर्दै आएको छ ।
‘चिकित्सा शिक्षा विधेयकका सवालमा सरकार र गोविन्द केसीबीच भएको सहमतिको अक्षरंस पालनाको सुनिश्चितता र काँग्रेस नेताका नाममा रहेको दुई अस्पताल केन्द्र सरकारले सञ्चालन गर्ने मनित्रपरिषदले निर्णय नगर्दासम्म सदन अवरोध कायमै राख्ने कांग्रेसेले नीति लिएको छ।
यो पनि, संसद्मा मुठभेडको खतरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४