काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार विहान ११ बजेर २६ मिनेटमा काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टरस्केलको पराकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पको पराकम्प अझै रोकिएको छैन। २०७२ यता ४ दशमलव भन्दा माथिको ५ सय भन्दा बढी पराकम्प गइसकेको केन्द्रले जनाएको छ। सामान्य पराकम्प रहेकाले सर्वसाधारणलाई नआत्तिन केन्द्रले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४