बिहीबार, साउन १४, २०८३

गुटको स्वार्थले विघटन हुँदै नेविसंघ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मातृ पार्टी नेपाली कांग्रेसमा रहँदै आएको गुट-उपगुटको असर प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखापरेको छ । विद्यार्थी नेताहरू गुट–उपगुटमा लागेर पार्टी नेताहरूको घरदैलो धाउन थालेपछि मुलुकको विद्यार्थी आन्दोलनमा ऐतिहासिक योगदान दिँदै आएको नेविसंघको अस्तित्व यति बेला धरापमा परेको छ ।

नविसंघको अधिवेशन विधानतः प्रत्येक दुई वर्षमा हुनुपर्छ । नेविसंघको ११ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष पाँच महिना बितेको छ । तर १२ औं महाधिवेशनको टुंगो नलागेपछि संगठन अस्तव्यस्त बनेको छ । नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्न नसक्दा मुलुकको भाबी राजनीतिक नेतृत्वमा पुग्ने चाहने विद्यार्थीहरुको सपना सपनामै सीमित हुने देखिएको छ ।

कांग्रेस विधानको धारा ४२ को उपधारा १ च मा नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा सम्पन्न गर्नुपर्ने र कुनै कारण दुई वर्षमा महाधिवेशन सम्पन्न नभए संघको कार्यसमिति भंग गरी बढीमा तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गर्नुपर्ने व्यवस्था छ । 

११  औं महाधिवेशन सम्पन्न भएको गत भदौ २ गते दुई वर्ष पूरा भएको थियो । त्यसपछि कांग्रेसले विधानविपरीत संघको कार्यकाल दुईपटक थपिसकेको छ । दोस्रोपटक थपिएको म्याद पनि गत बुधबार सकिएको छ । दोस्रोपटक थपिएको म्याद सकिएपछि कांग्रेस पदाधिकारी बैठकले माघ १० गतेसम्मका लागि म्याद थप गरेका थिए । संघको वर्तमान कार्यसमितिलाई निरन्तरता दिने वा तदर्थ समिति गठन गर्ने भन्ने विषयमा छलफल गर्न आगामी १० गते कांग्रेस बैठक बस्ने कार्यक्रम छ ।

अहिले आएर शीर्ष नेताहरू तदर्थ समितिमा कसलाई ल्याउने भन्ने रस्साकस्सीमा छन् । संगठनमा योगदा दिएका र योग्यलाई भन्दा पनि आफ्नो पोल्टाका व्यक्तिलाई तदर्थ समितिमा ल्याउन नेताहरू सक्रिय छन् । नेता रामचन्द्र पौडेल संघका  अध्यक्ष नैनसिंह महरले १२ औं महाधिवेशन सम्पन्न गर्न नसकेकाले अब मनोजमणि आचार्यलाई तदर्थ समितिको अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । महर सभापति देउवा निकट मानिन्छन् । आचार्य एघारौं महाधिवेशनमा महरसँग पराजित भएका थिए ।

त्यस्तै अध्यक्ष आफू निकटका विद्यार्थीले नपाएमा दोस्रो जिम्मेवारी विद्यार्थी नेता मोतीलाल भण्डारीलाई दिनुपर्ने अडान पौडल पक्षको छ । उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री सरोज थापा वा सहमहामन्त्री प्रेम जोशीमध्ये एकजनालाई तदर्थ समितिको अध्यक्ष तोक्नुपर्ने पक्षमा छन् । अर्का नेता  कृष्ण सिटौलाले महामन्त्री कुन्दनराज काफ्लेलाई नै तदर्थ समितिको अध्यक्ष तोक्नुपर्ने बताउँदै आएका छन् । उनले अध्यक्ष आफू निकट विद्यार्थीले नपाएमा दोस्रो तहमा युवराज पाण्डेलाई अगाडि सारेका छन् । 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने नेविसंघ वर्तमान कार्य समितिको फेरि म्याद थपेर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिनुपर्ने पक्षमा छन् । म्याद नथप्ने हो भने पूर्वउपाध्यक्ष राजीव ढुंगानालाई तदर्थ समितिको अध्यक्ष बनाउनुपर्ने प्रस्ताव उनको छ ।
 
नेपाली कांग्रेसले आगामी माघ १० गते बस्ने केन्द्रीय कार्य समितिको बैठकमा नेपाल विद्यार्थी संघको विषयमा छलफल तथा निर्णय गर्ने सम्भावना छ ।  सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठकबाट सहमतिकै आधारमा नेपाल विद्यार्थीको समाधान गर्ने मनस्थितिमा छन् । कांग्रेसका उच्च नेता नै विभिन्न गुट बनाएर आफू अनुकूलका पात्रलाई तदर्थ समितिमा अगाडि सारेपछि  सहमति जुट्न कठिन छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।