बिहीबार, साउन १४, २०८३

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सुदूरपश्चिमका प्राय सबै पहाडी जिल्लाहरुमा सोमबार रातिदेखी हिमपात सुरु भएको छ । पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । 

पहाडी जिल्ला डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । सोमबार रातिबाट पानी परेसँगै हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा मंगलबार बिहान ५ बजेदेखी हिमपात सुरु भएको छ । उच्च लेकाली भागमा रातिदेखि नै हिमपात भएको छ।  

भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन संचालनमा कठिनाई आएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । 

यस्तै बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । 

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो । मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो ।

जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ । 

हिउँ परेसँगै एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्यायाएको छ । 

हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरु भने खुसी भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।