एजेन्सी- इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले ९ अंकको अग्रता कायम गरेको छ । सोमबार राति भएको खेलमा चिभोलाई ३-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले शीर्षस्थानमा ९ अंकको अग्रता कायम गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सका लागि डुग्लास कोष्टा, इम्री क्यान र ड्यानिली रुगानीले समान एक एक गोल गरे । खेलको १३ औ मिनेटमा कोष्टाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लियो ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा क्यानले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । खेलको ५३ औं मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्स बग्रता बढाउनबाट चुक्यो ।
उनको प्रहार चिभोका किपर स्टेफानोले उत्कृष्ट बचाउ गरे । तर, त्यसपछि खेलको ८४ औ मिनेटमा रुगानीले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्सले २० खेलबाट ५६ अंक जोडेको छ ।
दोस्रो स्थानको नेपोलीको ४७ अंक छ । पराजित चिभो ८ अंकसहित लिगको पुछारमा छ । सिरी ए को अर्को खेलमा एसी मिलानले जिओनालाई २-० गोल अन्तरले हराएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४