सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उच्च अदालतको फैसलाले कोहलपुर-सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

उच्च अदालतको फैसलाले कोहलपुर-सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

 |  बुधबार, असार ३२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ३२, २०८२

सुर्खेत- उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ। 

National life

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो। 

आयोजनाको काम  छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताP। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ। 

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत  धमाधम रूख कटान भइरहेको छ। हालसम्म  पाँच हजार रूख काटिएका छन्भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ। आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छन्भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन्। हालसम्म ४० किलोमिटर तार तानिएको छ। अब १२ किलोमिटर तार तान्न बाँकी छ।

प्रकाशित: Jul 16, 2025| 10:43 बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्