बिहीबार, साउन १४, २०८३

काठमाडौंका ४१ स्थानमा स्मार्ट ट्वाइलेट बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन गरेको छ । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न कार्यविधि तयार गर्नेछ । महानगरले विगत दुई वर्ष अघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन । 

प्रवक्ता डङ्गोलको संयोजकत्वमा गठित समितिका सदस्यमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजश्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख वसन्त आचार्य र कानून महाशाखाकी शाखा अधिकृत शरी वाग्ले सदस्य छन् । 

कार्यदललाई आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्नसक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थानअनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्तावबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ । 

थोरै स्थानमा कम लागतमा शौचालय निर्माण गर्ने योजनामा कामपा छ । अहिले आवश्यकताअनुरुप सार्वजनिक शौचालय नहँुदा र भएका केही स्थानका पनि अत्यन्तै फोहर रहँदा नागरिक समस्यामा परेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।