बुधबार, वैशाख १६, २०८३

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

National life
kumari

खोटाङ- यहाँको बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ। गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। 

घाइते इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए। घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

प्रकाशित: Jul 15, 2025| 12:50 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्