सोमबार, पुस १४, २०८२

मधेस प्रदेशमा 'लम्पीस्किन'को संक्रमण फैलिँदै

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

जनकपुरधाम- मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ। विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा फैलिँदै गएको होे।

National life

मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशअन्तर्गतका जिल्ला तथा ग्रामीण क्षेत्रमा एक हजार ४१ पशुमा लम्पीस्किनको सङ्क्रमण फेला परेको छ। सो रोगबाट हालसम्म १५ वटा पशुचौपाया मरेका छन्। उक्त रोग लागेमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा हुने तथा अन्नपानी चारा एवं घाँस खान नखोज्ने लक्षण देखिन्छ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार मधेस प्रदेशको सिरहामा ३७३, धनुषा जिल्लामा ३३०, सर्लाहीमा २५०, रौटहटा ७६ वटा पशुमा लम्पीस्किन भेटिएको छ। साथै उक्त रोगबाट धनुषामा सात, सर्लाहीमा चार तथा रौतहटमा चारवटा पशु मरेका छन्। रोगको पहिचान भएपछि सो सङ्क्रमण हुन नदिन खोप अभियान सुरु गरिएको निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिए।

सो अभियानअन्तर्गत प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको जनाइएको छ। प्राप्त जानकारीअनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छभने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ।

यो गाई तथा भैँसीमा देखिन एक विषाणुजन्य रोग हो। प्रदेशभरि खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरुमा निःशुल्क खोप वितरण भइरहको यादवले बताए।

Laxmi sunrise bank
kumari

रोग फैलाउने कीटाणु नियन्त्रणका लागि कीटनाशक औषधि समेत छर्किने गरिएको छ। साथै गोठ सफाइ, मलमूत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपाय उपनाउनका लागि किसानलाई पे्ररित गरिएको छ। गम्भीर अवस्थामा पशु चिकित्सक टोली खटाएर उपचार व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ।

प्रकाशित: Jul 15, 2025| 11:01 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्