बुधबार, चैत २५, २०८२

शरदले किन राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिए ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँग हुने तीन एक दिवसीय (ओडीआई) र तीन टी-२० अन्तर्राष्ट्रिय सिरीजका लागि आइतबार १६ सदस्यि नेपाली क्रिकेट टोलीको घोषणा भयो । जसमा चार जना नयाँ अनुहार अवसर पाए । 

तर, त्यो सार्वजनिक टोली सदस्यमा राष्ट्रिय टोलीका नियमीत सदस्य शरद भेषवाकरको नाम थिएन् । उनी नेपाली राष्ट्रिय टिमका मिडिल अडरका भरपर्दा ब्याट्सम्यान हुन् । 

टोलीमा नाम पर्दा पर्दै पनि शरद आफैले नाम टोली सदस्यबाट फिर्ता लिएको नेपाली क्रिकेट टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार भेषवाकरलाई ‘भिटामिन डी’ को कमि भएको बताइएको छ । 

‘भिटामीन डी’ को कमीकै कारण युएईसँग हुने ३ एकदिवसीय र ३ टी-२० अन्तर्राष्ट्रिय सिरीजको लागि राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएको शिवाकोटीले जनाए । शरदलाई ठिक हुन तीन चार हप्ता लाग्न सक्ने बताइएको छ । 

यद्यपी उनका अनुसार डाक्टरको रिपोर्ट आएपछिमात्र सबै कुरा थाहा हुने छ । युएई टुरकको लागि नेपाली टोलीले मंगलबार दुबईतर्फ लाग्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।