बिहीबार, साउन १४, २०८३

दुर्गन्ध फैलाउने उद्योगमा संसदीय समितिको अनुगमन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- संसदको उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिको टोलीले सोमबार वीरगंज महानगरपालिकाको भवानीपुरमा संचालित मासु र हाड प्रशोधन उद्योगको स्थलगत अनुगमन गरेको छ। उद्योगले प्रदुषण फैलाएको भन्दै बन्द गराउन माग गर्दै स्थानीय बासिन्दाले संसदीय समिति समक्ष निवेदन दिएपछि समितिले अनुगमन समिति गठन गरेको हो।

समितिले हिरो पप मिट उद्योग, वीरगंज वोन उद्योग, मध्य नेपाल वोन उद्योगको स्थलगत अनुगमन गरेको छ। मासु तथा हड्डी उद्योगले स्थानी वातावरणमा नराम्रो प्रभाव पारेको विषयमा संसदीय उपसमितिमा उजुरी परेपछि स्थलगत अध्ययनको लागि टोली वीरगंज आई पुगेको संसदका उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठले बताए।

टोलीमा सांसद हिरा केसी, दिलकुमारी, प्रमोद यादव, नवराज राउत रहेका छन्। संसदीय टोलीले स्थानिय वासिन्दा, उद्योगका संचालक, वीरगंजका संचारकर्मी लगायत पर्साका सुरक्षा निकायका प्रमुखहरुसँग  अन्तरक्रिया समेत गरेको छ।

 उद्योगबाट फैलिएको दुर्गन्धको कारण वीरगंज महानगरपालिकाको भवानीपुर र सौराहा टोलको बस्ती विस्थापित हुने अवस्थामा पुगेको छ। हाड प्रशोधन गर्ने दुईवटा  र मासु प्रशोधन एउटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण वडा नम्बर १८ को सौराहा र वडा नम्बर २० को भवानीपुरका बासिन्दा पीडित भएका हुन्।

उद्योगको उत्पादन र भण्डारण व्यवस्थापन वातावरण मैत्री नभएकोले वरिपरीको बस्तीमा दुर्गन्ध फैलिएको हो। मध्यमाञ्चल बोन चिप्स , हिरा  मिट सप्लायर्स र नारायणी बोन चिप्स उद्योगले जथाभावी कच्चा पदार्थ र उत्पादन भण्डारण गर्दा स्थानीय भबानीपुर, सौराहा, अपौनी,जगरनाथपुर, उदयपुर घुर्मी र बगही टोलका बासिन्दा नराम्ररी प्रभावित भएका हुन्।

दुर्गन्धका कारण हाम्रो घरमा पाहुना समेत आउन मन पराउँदैनन्,स्थानीयले गुनासो गर्दै भने, हावा चलेका बेला घरको झ्याल ढोका थुनेर समेत दुर्गन्धबाट मुक्ति पाउन सकिदैंन। सबैभन्दा बढी सौराहाको सामुदायीक विद्यालयका बालबालिका र शिक्षक प्रभावित छन्।

हिरो बफ मिट सप्लायर्सले राँगाको मासु,  मध्यमाञ्चल बोन चिप्स र नारायणी बोन चिप्सले विभिन्न घरपालुवा जनावरको हाड खुर प्रशोधन गरेर स्थानीय र भारतीय बजारमा बिक्री गरिरहेका छन्।

यो उद्योग बन्द ‌‌‌‌‌‌‌‌गराउन सात वर्ष अघि समेत स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए। आन्दोलन पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले उद्योग बन्द गराएपनि केही समयपछि पुनस् संचालनमा आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।